१९.१९. विशेष आर्थिक क्षेत्रसम्वन्धी विशेष व्यवस्था
१९.१ “विशेष आर्थिक क्षेत्र” भन्नाले औद्योगिक क्रियाकलापलाई सघन रूपमा संचालन गर्नका नेपाल सरकारद्वारा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घोषणा गरिएको निर्यातमूलक बस्तु र सेवाको उत्पादन प्रमुख उद्देश्य रहेको कुनै खास व्यावसायिक क्षेत्र जसमा एकीकृत ओद्योगिक सेवा, स्तरीकृत औद्योगिक पूर्वाधार तथा सेवासुविधा भएको, लचिलो श्रमसम्बन्धी व्यवस्था, लगानीको आकर्षणका लागि विशेष सुविधा र सहुलियतसहितको प्रोत्साहनात्मक व्यवस्थासमेत रहेको विशेषीकृत औद्योगिक क्षेत्र, निर्यात प्रशोधन क्षेत्र, निर्यात प्रवद्र्धन गृह, स्वतन्त्र व्यापार क्षेत्रसमेतको विशेषीकृत वा एकीकृत आर्थिक क्रियाकलापयुक्त संरचनालाई जनाउंदछ ।
१९.२ पूर्वाधार सहितको औद्योगिक क्रियाकलाप बढाउन तथा सो को माध्यमबाट लगानी प्रवद्र्धन, उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन र रोजगारी सृजनामा सघाउ पु¥याउन विशेष आर्थिक क्षेत्रको स्थापना, पूर्वाधार संरचनाको विकास, व्यवस्थापन र सञ्चालन पूर्ण सरकारीस्तरमा, सार्वजनिक निजी सहकार्यमा र पूर्णरूपमा निजी क्षेत्रले समेत गर्न सक्ने गरी कानूनी तथा संस्थागत व्यवस्था गरिनेछ ।
१९.३ विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले देहायका सुविधा तथा सहुलियतहरू पाउने छन् ः
१९.३.१ आयकर छूट ः
(क) पूर्वाधार संरचनामा लगानी गर्ने लगानीकर्ताले पूर्वाधार संरचना सञ्चालन गरेको वा इजाजतपत्रवालाले उत्पादनको व्यापारिक कारोबार
शुरु गरेको मितिबाट प्रचलित कानून बमोजिम लाग्ने आयकरमा पहिलो सात वर्षसम्म शतप्रतिशत र त्यसपछिका पाँच वर्षसम्म पचास प्रतिशत छूट पाउनेछ ।
(ख) हिमाली जिल्ला वा नेपाल सरकारले तोकेको पहाडी जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उत्पादनमूलक उद्योगले आफ्नो
उत्पादनको व्यापारिक कारोबार शुरु गरेको मितिबाट प्रचलित कानून बमोजिम लाग्ने आयकरमा पहिलो दश वर्षसम्म शतप्रतिशत र
त्यसपछिका पाँच वर्षसम्म पचास प्रतिशत छूट पाउनेछ ।
(ग) विदेशी लगानीकर्ताले विदेशी प्रविधि, बौद्धिक सम्पत्ति वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन हुने आयमा लाग्ने आयकर पचास प्रतिशत छुट दिइने छ ।
(घ) अनुसूची ९ मा उल्लेख भएका अति अविकसित क्षेत्रभित्र स्थापित विशेष आर्थिक क्षेत्रका उद्योगले कारोवार सुरु गरेको मितिले दश वर्षसम्म शत प्रतिशत आयकर छुट पाउनेछन् । साथै त्यसपछिका दश वर्षसम्म त्यस्ता उद्योगले तिर्नु पर्ने आयकरमा पचास प्रतिशत छुट हुनेछ ।
१९.३.२ मूल्य अभिवृद्धि कर सम्बन्धी सुविधाहरू ः
(क) इजाजतपत्रवालाले उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, उपकरण, मेसिनका पाटपूर्जा, कच्चा पदार्थ वा मालसामान ओसार पसार गर्ने प्रयोजनार्थ एक उद्योगको लागि त्यस्तो उद्योगको स्तर हेरी बढिमा तीन वटासम्म सवारी साधन पैठारी गर्दा तिरेको मूल्य अभिवृद्धि करमा शतप्रतिशत कर कट्टी सुविधा पाउनेछ ।
(ख) विशेष आर्थिक क्षेत्रभित्रका उद्योग व्यवसायीबीच हुने वस्तु वा सेवाको व्यापारमा शुन्य दरको सुविधा दिइनेछ ।
१९.३.३ भन्सार महसुल छूट ः
(क) निकासी हुने मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ्ग सामग्री एवं उत्पादनमा प्रयोग हुने
अन्य पदार्थको लागि बैङ्क जमानतको आधारमा भन्सार महशुल छुट हुनेछ ।
(ख) उद्योगको लागि आवश्यक पर्ने प्लान्ट, मेशिनरी, यन्त्र, उपकरण, औजार तथा पाटपूर्जा मा भन्सार महसुल छुट हुनेछ ।
(ग) इजाजतपत्रवालाले नेपालको आन्तरिक बजारमा बिक्री गर्न पाउने वस्तु वा सेवामा लाग्ने भन्सार महसुल तथा अन्य कर बुझाएपछि त्यस्तो वस्तु वा सेवा बिशेष आर्थिक क्षेत्रबाहिर लैजान पाउनेछ ।
(घ) कुनै पैठारीकर्ताले कुनै मालवस्तु बिशेष आर्थिक क्षेत्र भित्रको उद्योगलाई बिक्री गरेमा त्यस्तो मालवस्तुमा लागेको भन्सार महसुल भन्सार कार्यालयले सम्बन्धित पैठारीकर्तालाई फिर्ता गर्नु पर्नेछ ।
(ङ) इजाजतपत्रवालाले भन्सार छुटमा पैठारी गरेको मालवस्तुको स्वामित्व हस्तान्तरण गर्दा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको प्रक्रिया अवलम्बन गर्नु पर्नेछ ।
१९.३.४ स्थानीय कर छुट ः
उद्योगले उत्पादन गर्ने वस्तु वा सेवा, पैठारी गर्ने मेसिनरी उपकरण, मेसिनका पाटपूर्जा, कच्चा पदार्थ तथा उद्योग स्थापनाको लागि आवश्यक पर्ने अन्य सामग्री र मालसामान ओसार पसार गर्ने प्रयोजनार्थ एक उद्योगको लागि त्यस्तो द्योगको स्तर हेरी बढीमा तीन वटासम्म सवारी साधनमा प्रचलित कानून बमोजिम लाग्ने कुनै किसिमको स्थानीय कर लाग्ने छैन ।
१९.३.५ निकासीसरहको सुविधा पाउनेः
प्रचलित कानून बमोजिम स्थापना भएको कुनै फर्म, कम्पनी वा उद्योगले विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगलाई आफ्नो कच्चा पदार्थ वा कुनै उत्पादन बिक्री गरेमा त्यस्तो बिक्रीलाई निकासीसरहको मानी निकासी गरेवापत प्रचलित कानून बमोजिम कुनै सुविधा पाउने भए त्यस्तो फर्म, कम्पनी वा उद्योगले पनि सो सुविधा पाउनेछ ।
१९.३.६ विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई वण्डेड वेयर हाउसको सुविधा अझ सरल वनाइ उपलब्ध गराइनेछ । यस्तो सुविधा निवेदन परेको मितिले ४५ दिनभित्र उपलव्ध गराइनेछ ।